
हुलाकी न्यूज, काठमाडौं १६ माघ । जारी मधेश आन्दोलनमा सहादत प्राप्त गरेका तथा विभिन्न काल खण्डमा सहिद भएका मधेशीहरुको सम्झनामा मैथिल महिला समाजले काठमाडौंमा कार्यक्रम गरेको छ ।
शुक्रबार साँझ महिला समाजले काठमाडौंको माइतिघर मण्डललामा मैनबत्ती प्रज्वलन कार्यक्रम गरेको छ । कार्यक्रममा मधेशका ज्ञातअज्ञात सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मौनधारण गरिएको थियो ।
प्रजातान्त्रिक आन्दोलनमा सहिद भएका दुर्गानन्द झाको पुन्यतिथिको अवसरमा शुक्रबार उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।



