
हुलाकी न्यूज, काठमाडौं १६ माघ । काठमाडौं बन्दको घोषणा गरेका मधेशी जनता पार्टीका नेताहरु पक्राउ परेका छन् । पार्टीका संयोजकसहित करिब एक दर्जन कार्यकर्ताहरु पक्राउ परेको पार्टीले जनाएको छ ।
शनिबार विहान बन्द गराउँदै हिडेको अवस्थामा पार्टीका संयोजक महेश साह कलवारसहित नेता तथा कार्यकर्ताहरु पक्राउ परेको हो । उनीहरुलाई बिजुलीबजारको पुलबाट पक्राउ गरिएको हो ।
पार्टीले तीन दलले गरेको संविधान संशोधनले मधेश आन्दोलनको माग सम्बोधन नगरेको भन्दै काठमाडौंमा आमहडतालको घोषणा गरेको थियो ।



