Radio-madhesh-2

हुलाकी न्यूज, मलंगवा १५ माघ । सर्लाहीको मलंगवास्थित रेडियो मधेशको कार्यालयमा तोडफोड भएको छ । विहीबार साँझ साढे ६ बजेको समयमा युवाहरुको समूहले तोडफोड गरेको हो ।

रेडियोका स्टेशन म्यानेजर विश्वनाथ ठाकुरले हुलाकी न्यूजसँग कुराकानी गर्दै एक युवाहरुको समूहले रेडियोमा तोडफोड गरेकोले प्रसारण प्रभावित बनेको बताएका छन् ।

ठाकुरले भने,‘हिजो साँझ तीन जना युवाहरु रेडियो कार्यालयमा आएर बसेका थिए । उनीहरुले कर्मचारीहरुलाई गालीजलौज गरे त्यसपछि तोडफोड सुरु गर्न थालेपछि अन्य करिब १५ जना युवाको समूह रेडियोमा प्रवेश गरी तोडफोड गरे ।’

तोडफोड गर्ने युवाहरुको पहिचान भईसक्दासमेत प्रहरीकाृे नियन्त्रण बाहिर रहेको ठाकुरले बताए । उनका अनुसार जाहेरी दिने प्रक्रिया भइरहेको छ ।

रेडियो मधेश मधेश आन्दोलनको समर्थनमा सामाग्रीहरु सम्प्रेशन गर्दै आएको छ ।

Radio-madhesh-1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.