Birgunj-naka-protest-2

हुलाकी न्यूज, बीरगञ्ज १५ माघ । एक सय २९ दिनदेखि बन्द रहेको बीरगञ्ज नाका शुक्रबार एक घण्टाका लागि खुलेको थियो । भारतबाट मालसामान लिएर आएका नेपाली नम्बर प्लेटका पाँचवटा ट्रक शुक्रबार बिहान आठ बजे वीरगन्ज प्रवेश गरे । महिनौदेखि बीरगन्ज भन्सारमा रहेको ४ वटा भारतीय खाली ट्रक रक्सौल फिर्ता गए ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले नेतृत्व गरेर बन्द गरेको बीरगञ्ज नाका शुक्रबार मोर्चाकै सहयोगमा खुल्यो । मोर्चाका कुनै कार्यकर्ताहरु पुलमा धर्नामा थिएनन् । र, सवारीसाधन आवतजावत गर्न थाले पनि मोर्चाका नेताहरुले कुनै प्रतिक्रिया दिएनन् ।

त्यसपछि संघीय समावेशी मधेशी गठबन्धनका कार्यकर्ताहरु नाका बन्द गर्न पुगे । अहिले गठबन्धनका कार्यकर्ताहरुले बीरगञ्ज नाका ठप्प पारेका छन् ।

युवा गठबंधनका संयोजक इस्वरचन्द्र यादव, सल्लाहकार ओमप्रकाश सरार्फ, रोसन पटेल, ध्रमेन्द्र पटेल, कृष्ण पटेल, असरफ मन्सुरी, महेस पटेल, बिस्नु पटेल, रमेस सहनीलगायतकाहरुले नाका बन्द गरेर प्रदर्शन गर्दैछन् ।

त्यस्तै मोर्चाका पर्साका नेताहरुले नाका खोलेपछि बारा जिल्लाका मोर्चाका केही नेताहरु नाका अवरुद्ध गर्न बीरगञ्ज पुगेका छन् ।

रामकिसोर यादव, प्रमोद गुप्ता, राम बाबू कुमार यादवको नेतृत्वमा करिब ४० जना मोर्चाका कार्यकर्ताहरु धर्नास्थलमा पुगेका छन् ।

Birgunj-naka-protest

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.