हुलाकी न्यूज, काठमाडौं २३ भदौ । थारु अगुवा नेता लक्ष्मण थारुको पक्राउको विरोध मधेशवादी दलले गरेका छन् । सदभावना पार्टीले प्रहरीद्वारा थारुको पक्राउको विरोध गरिएको छ ।

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेता लक्ष्मण थारुको पक्राउ गैरकानूनी भएको भन्दै तत्काल रिहा गर्न माग गरेका छन् । महतोले घटना बारे उच्च स्तरीय छानविन आयोगको मागसमेत गरेका छन् ।

हुलाकी न्यूजसँग कुराकानी गर्दै अध्यक्ष महतोले भने,‘आन्दोलनको क्रममा जति पनि घटना भएको छ ती सबैको विषयमा छानविन आयोग गठन हुनुपर्छ । त्यसका लागि स्वतन्त्र उच्च स्तरीय आयोगको आवश्यकता छ । प्रहरीले सर्वसाधारण जनता मार्न पाउँदैन । र, कैलालीमा जे घटना भएको छ त्यसको पनि छानविन हुनुपर्छ ।’

बुधबार पनि प्रहरीद्धारा मधेशीहरु मारिएको प्रति आक्रोस व्यक्त गर्दै अध्यक्ष महतोले प्रहरीको मृत्यु भएको विषयमा मात्र होईन जनता मारिएको विषयमा पनि छानविन हुनु पर्ने बताए । उनले जनतालाई मार्न पाइँदैन भन्दै प्रहरीलाई लक्षित गरी भएको घटना पनि निन्दनीय भएको भन्दै छानविनको माग गरे ।

महतोले व्यक्तिगतरुपमा वा प्रहरीको रिसिविको भरमा कसैलाई समात्नु गलत भएको बताए । उनले तत्काल छानविन आयोग गठन गरी दोषि प्रहरी र प्रदर्शनकारीलाई कारवाही हुनु पर्ने बताए ।

उनले सरकारप्रति लक्षित गर्दै प्रश्न गरे, ‘प्रहरीले जनता मार्दा केही नहुने अनी प्रहरी मारेको आशंकामा नेताहरुलाई पक्राउ गर्ने ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.