Bhairahawa-sports

रबिन्द्र प्रताप गुप्ता, भैरहवा १५ माघ । सामुहिक विद्यालय परिवार, रुपन्देहीको आयोजनामा आगामी माघ १६ गते देखि १८ गतेसम्म भैरहवामा १४औं सामुहिक खेलकुद महोत्सव–२०७२ हुने भएको छ । सामुहिक विद्यालय परिवार, रुपन्देहीद्वारा बिहीबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराइएको हो ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा ३ दिनसम्म आयोजना हुने उक्त खेलकुद महोत्सवमा अनुमानित नौ लाखभन्दा अधिक खर्च हुने कार्यक्रम संयोजक भरत गिरिले जानकारी दिए । निजि विद्यालयहरुबीच आपसी सम्बन्ध कायम गर्ने,संस्थामा आबद्ध सदस्य विद्यालयहरुका विद्यार्थीहरुबीच बौद्धिक, शैक्षिकलगायतका प्रतिस्पर्धात्मक क्रियाकलाप संचालन गर्ने र सामाजिक उत्तरदायित्व बहन गर्ने उदेश्यले खेलकुद महोत्सवको आयोजना गरिएको सामुहिक विद्यालय परिवार,रुपन्देहीका अध्यक्ष गोकुल पोखरेलले बताए । विद्यार्थीरुको लागि ५० मिटर छोटो दुरिको दौड,१०० मिटर दौड,बोरा दौड लगायतका खेलकुदहरु हुनेछन् ।

पत्रकार सम्मेलनमा निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनका केन्द्रीय सदस्य बिष्णु पन्थीले राज्यले खेलकुदको विकासमा खासै ध्यान दिन नसकेको बताए । उनले खेलकुद समितिमा हुने राजनीतिक नियुक्तिका कारण खेलकुद क्षेत्रको विकास हुन नसकेको औंल्याए ।

खेलकुद महोत्सवको उदघाटन श्रम तथा रोजगार मन्त्री दिपक बोहराले गर्ने सामुहिक विद्यालय परिवार,रुपन्देहीका अध्यक्ष गोकुल पोखरेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.