CK-supporter-at-special-court

हुलाकी न्यूज, काठमाडौं १४ माघ । स्वतन्त्र मधेश गठबन्धनका तीन जना कार्यकर्ता विशेष अदालतबाट धरौटीमा रिहा भएका छन् । उनीहरुमाथि राज्य विरुद्धको अपराध मुद्दामा बुधबारदेखि बहस भएको थियो ।

विहीबार विशेष अदालतका न्यायधिशहरु मोहन रमण भट्टराई, प्रभा बस्नेत र महेशप्रसाद पुडाशैनीको सयुक्त इजलासले उनीहरुलाई जनही २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

रिहा हुनेहरुमा सिरहाका विस्नुदेव चौधरी, सुदिप राज कुशवाहा र चन्देश्वर महतो रहेका छन ।

उनीहरुलाई सिरहामा गठबन्धनको कार्यक्रम गरिरहँदा पक्राउ गरिएको थियो ।

उनीहरुले सिरहामा स्वतन्त्र मधेशका लागि जनमतसंग्रह गरेका थिए ।

विहीबार विशेष अदालतमा धरौटी राखी उनीहरु रिहका भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.