madhesh-protest-in-village
राहुल कुमार झा

मधेश आन्दोलन शुरु भएको आधा वर्ष बित्न लाग्यो । यहाँ सवाल उठ्छ नाकाबन्दी चाँही कसलाई ? मधेशलाई कि उपत्यकालाई । यो सवालको जवाफ कुनै आन्दोलनरत मधेशी पार्टीहरुसँग छैन ।

कोइ नेता काठमाण्डौमा चिया पानमा व्यस्त छन् भने कोइ अस्पतालको सैयामा मस्त छन् । अर्कोतिर पुरै मधेश भोकमारीको दलदलमा फस्दै गएको छ । बिना सोचको आन्दोलन हुँदैछ । मधेशी जनता पहाडिया शाशकको गोलि खाइ मर्न बाध्य भएको छ । कहिले आन्दोलन हल्का खुकुलो पारिन्छ भने कहिले आन्दोलन अझै शशक्त रुपमा अघि बढाउने घुर्की लाइन्छ ।

मधेशी जनताको मतलब नत यो देशको उखान टुके सरकारलाई छ नत मधेशआन्दोलनको माला जप्दै मुख्यमन्त्रीको सपना देख्ने मधेशी नेतालाई नै । आखिर मधेशी जनता गरोस त् के ? आन्दोलनको नाममा कैलेसम्म मधेशी जनता यसरी नै मरीरहने कहिलेसम्म यसको जवाफ कुनै नेताले दिन सक्दैन । मधेश आन्दोलनको नाममा आखिर मधेशलाइ नै नाका बन्दी किन ?

बार्ताको नौटंकी गरि काठमान्डौमा रमाई रहेका मधेशी नेताहरु आखिर किन मधेशी जनताको भलो चाहँदैनन् । किन सरकार बिना सोचको संविधानलाई लिएर बखेडा गर्दै छन् । किन सिमांकनमा फेरबदल गर्न चाहँदैनन्, किन सरकार बिना छलफल, बिना गहन अध्ययनको सोचबिहिन तरिकाले कुनै निर्णय गर्छन । किन सरकार बुझ्न सकिरहेका छैनन् कि यि आवाज मधेश जनआन्दोलनकारी शक्तिहरुको हो ।

नकी सतामा लिप्त हुन् चाहने लोभी नेताहरुको किन एमाले, कांग्रेस, एमाओवादीका भाडे र भरौटेहरु जो अहिले दिन्छ लिउ बाँकीको लागि आन्दोलन वार्ता र सहकार्य जारी राखौं भन्दैछ । जो अहिले पनि आफुलाई मधेश र मधेशीको प्रतिनिधि भै पहाडे खस नेतृत्वका दलका प्रतिनिधि बुझ्दैछ ।

के यो देशमा मधेशीको केहि अधिकार छैन ? के यो देशमा मधेशीको लागि कुनै सरकार छैन । मधेश आन्दोलनको नाममा मधेशीहरुलाई नै आखिर कैलेसम्म पेलिराखने । मधेश आन्दोलनको दुख मधेशी जनतालाई मात्रै किन ? यदि साँची मधेशको हितको लागि कोइ पनि कुनै काम गर्दै छन् भने त्यसले मधेशीलाई बच्ने अधिकार दिनै पर्छ । नकी आन्दोलनको नाम मधेशीलाई हातमुख जोड्नसम्मको संकट निम्त्याई दिने । आखिर यो कस्तो आन्दोलन जसको लागि आज ६ महिनादेखि आन्दोलन हुँदैछ, मधेशी नेताहरुले केहि गर्न सकी रहेको छैन । जहाँ नाकाबन्दी गर्नु पर्ने त्यहाँ माल समान पुग्दैछ । मधेशको मांगका लागि मधेशमै चक्का जाम किन ?

Rahul-kumar-jha

दिनमा सडकमा नाटक गरेर राति राति त्यहि सडकमा गुड्ने रात्री बसमा कालावजारी गर्दैछन् । मधेशी दलका कार्यकर्ताहरु त्यै कालावजारीको भरमा टिकेका छन् काठमाण्डेहरु । सक्छौ भने राति गुड्ने बसलाइ रोक लगाउ किन सक्दैनौ त् रोक लगाउन जसको लागि आन्दोलन भैरहेछ त्यसलाई नै दुख किन ?

आन्दोलनको नाममा मधेशी जनतालाई दुख दिने काम बन्द गर । दैनिक काम काज चलन देउ, छोटो दुरीका मोटर गाडीहरु गुड्न देउ र सक्छौ भने नाका ठप्प पार लामो दुरीको बसलाई रोक । कालोबाजारी सरकारको मुखमा कालो मोसो दल । नाकामा बस्ने गरिब जनतालाई राहत देउ, आराम देउ । आफुपनि एक रात बस अनि पो थाहा हुन्छ नाकाबन्दी । सुट बुट लगाउदैमा ठूल ठूला भाषण ठोक्दैमा केहि हुने वाला छैन । जनतासंग काँधमा काँध मिलाई हिड्ने बानी बसाल । मधेशी यो देशमा बराबरको अंशियार हो, सझेदार हो, हिस्सेदार हो राज्यको तीनै अंगको कार्यपालीका, व्यवस्थापिका र न्यायपालिकाको पनि बरावरी खोज्दैछ मधेशी देशको हरेक किता कितामा अधिकार दिलाउ ।

ज्ञान नभएका सरकारलाइ नाकाबन्दी अर्थ बुझाउ नकी मधेश आन्दोलनको नाममा मधेशीलाई नै दुख देउ । आजको मितिमा काठमाण्डौमा सबै खाद्यान बस्तु सहजरुपमा उपलब्ध हुदैछ त्यो ग्याँस होस् वा डिजेल । तर त्यहि मधेशमा केहि सहज छैन, ब्यापारको अवस्था चिन्ताजनक छ जनता एक बुन्द पेट्रोलको लागि पनि सिमा पारि दौडिनु परिरहेको छ । सरकारले मधेशको वास्ता गरेको छैन नत मधेशमा आधा सिलिन्डर ग्याँस दिन्छ नकी डिजेल नै । यो मधेशको अधिकार कि मधेशीको अभी शाप हो । नेपालभरी सहज अवस्था छ तर मधेशको बिद्यार्थीहरु स्कुल जानबाट बन्चित हँदैछ आखिर किन र कहिलेसम्म । के यहि हो त् मधेशले पाउने अधिकार, अधिकारको नाम गरिब मधेशीलाई नमार अन्यथा यो मधेशले तिमी जस्ता नेताहरुलाई धिकार्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.