
हुलाकी न्यूज, काठमाडौं १४ माघ । कतारमा बैदेशिक रोजगारीमा रहेका मधेशीहरुले रकम संकलन गरी सहिद परिवारलाई पठाएका छन् । त्यहाँ काम गर्नेहरुले आ–आफै रकम संकलन गरी सहिद परिवारलाई पठाएको हो ।
उनीहरुले पठाएको रकम बुधबार दुई सहिद परिवारलाई हस्तान्तरण गरिएको छ । कतारमा कार्यरत धनुषाको बेगा शिवापुरका श्यामकुमार यादव र महोत्तरीका विरेन्द्र यादवले आफूसहित अन्य कामदारहरुबाट संकलित रकम मधेश आन्दोलनका शहीद परिवारका लागि पठाएका छन् ।
उक्त रकम सप्तरीको जमुनी मधेपुरा–९ छपकीका शहीद नागेश्वर यादवकी आमा सिकिल देवी र डाढाका शहीद वीरेन्द्र रामका बुवा सकलदेव रामलाई १५ हजार ५ सयका दरले उपलब्ध गराईएको छ । वीरेन्द्रका ससुरा सप्तरीको रुपनीका रामश्वरुप यादवले सहिद परिवारलाई रकम हस्तान्तरण गरेका छन् ।



