Sports-saptari

हुलाकी न्यूज, राजविराज १४ माघ । सप्तरीमा मधेश आन्दोलनका सहिदहरुको सम्झनामा क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बुधबार विजेता टिमहरुलाई सम्मान गरिएको छ । ‘मधेशी वीर शहीद स्मृति कप’को विजेता तथा उपविजेता टिमलाई एक कार्यक्रमका बिच कप, शिल्ड तथा प्रमाणपत्र वितरण गरिएको छ ।

मधेश आन्दोलनमा सहादत प्राप्त गरेका शहीदहरुको स्मृतिमा सप्तरीको बरही बिरपुरमा यङ्ग ईभेन क्रिकेट क्लव बरही बीरपुरद्वारा आयोजित मधेशी वीर शहीद स्मृति क्रिकेट कप–२०७२ क्रिकेट प्रतियोगिताको विजेता तथा उप–विजेता टिमलाई कप, शिल्ड तथा प्रमाणपत्र वितरण गरिएको हो ।

न्यूजटुडेका अनुसार विजेता टिम बिरपुर–५ लाई प्रमुख अतिथि मधेशी मोर्चा क्षेत्र नम्वर ३ का क्षेत्रिय संयोजक लक्ष्मण यादवले कपसहित ५ हजार नगदसमेत प्रदान गरे । यसैगरी उप–विजेता टिम बरहीलाई शिल्ड, प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको छ । सोही अवसरमा बिरेन्द्र झा, कैलाश झा, अञ्जु यादव, केशव चौधरी, विद्यानन्द वेदर्दीसहितका चर्चित कलाकारहरुले मधेश आन्दोलन सम्बन्धि गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.