
हुलाकी न्यूज, गौर १३ माघ । रौतहटको सदरमुकाम सहितमा सार्वजनिक यातायात सञ्चालनमा आएको छ । बुधबार विहानदेखि सवारीसाधन सञ्चालनमा आएको हो ।
रौतहटमा मधेशी मोर्चाबीचमा दुई धार भएपछि सार्वजनिक यातायात सञ्चालनमा आएको नेताहरुले बताएका छन् ।
संशोधन पछि मोर्चा रौतहटले यसको बिरोध गरे पनि मंगलबार बसेको मोर्चाको बैठकले अघोषित रूपमा स्वागत गरेको सहभागी एक नेतालाई उधृत गर्दै रौतहट अनलाईनले जनाएको छ ।
६ महिना देखि जनजीवन कष्टकर बन्दै गएको र यसले अर्थतन्त्रमा प्रभाव पारेको भन्दै आन्दोलनलाई जिल्लामा सामान्य बनाउंदै बुधबारदेखि यातायात संचालन गर्ने निर्णय गरेको छ । निर्णय गरेलगत्तै बस व्यसायी संघ रौतहटले गौरबाट बुधबार बिहानदेखि बस संचालनमा ल्याएको हो ।
महाकाली बस बिहान ७ः३० बजे बीरगंजको लागि बिपी चोकबाट गुडेको छ । रौतहटमा मोर्चासंगै अर्को घटक संघीय समाबेशी गठबन्धनको यस बारे आधिकारिक धर्ना नआए पनि बिरोध भने गर्न सकेको छैन ।



