
हुलाकी न्यूज, दमौली १३ माघ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले मधेशीहरुको अधिकांश माग समेटिएकोले आन्दोलन फिर्ता लिनु पर्ने बताएका छन् ।
दमौलीमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले संविधान संशोधनबाट मधेशीहरुका माग पुरा गरिएको बताए । उनले अव यसभन्दा बढी माग पुरा गर्न नसकिने दाबी गरे ।
पार्टी सभापतिमा उम्मेद्वारी दिने पक्का रहेको भन्दै पौडेलले भने, ‘यसपटकको महाधिवेशनमा कुनै शक्तिले पनि मलाई पार्टी सभापति हुनबाट रोक्न सक्दैन ।’
महाधिवेशनमा संघीय संरचना अन्तर्गत पदहरु सृजना गरिने पनि बताउँदैन संविधान कांग्रेसकै नेतृत्वमा बनेकोले यसको कार्यान्वयन प्रक्रियालाई पनि पार्टीले नै अघि बढाउने बताए ।



