Debendra-yadav

हुलाकी न्यूज, काठमाडौं १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता टिकाई राख्न देशको भूभागसमेत बेच्न सक्ने आरोप मधेशवादी दलका नेताहरुले लगाएका छन् ।

काठमाडौंको रिपोर्टस् क्लवमा आयोजित एक कार्यक्रममा सद्भावना पार्टीका सहमहासचिव देबेन्द्र यादवले प्रधानमन्त्री ओलीमा रत्तिभर राष्ट्रियता नरहेको बताउँदै देशको भूभाग पनि बेच्ने सक्ने बताए ।

यादवले भने, ‘प्रधानमन्त्री ओलीमा राष्ट्रियता र देशप्रतिको जिम्मेवारी रत्तिपनि छैन, उनी देशको लागि काम गर्दैनन् । उनी सत्ता टिकाउन कुनै देशको भ्रमणमा गए देशको भुभाग बेचेर आउँने छन् ।’

उनले मधेशमा महागठबन्धन बन्ने भन्दै महागठबन्धन निर्माण गरेर तीन दलीय निरकुंशता विरुद्ध एक जुट भएर लड्ने बताए । उनले महागठबन्धन निर्माणको लागि कार्यदिशासमेत तय भईसकेको जानकारी दिए ।

यादवले नेपाल र भारतबीचको सम्बन्ध एक अर्काप्रति आश्रीत भएकोले विश्वमै नमुना भएको भन्दै खुल्ला सीमाना यसको सुन्दरपक्ष भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.