राजकुमार पासवान, सप्तरी, २३ भदौ । भारदहमा प्रहरीको गोली लागि प्रदर्शनकारी ६० वर्षीय रामकृष्ण राउतको मृत्यु भएको थाहा पाएपछि सप्तरीको कंचनपुरमा ट्राफिक प्रहरी पोष्टमा आगजनी गरिएको छ ।
बुधबार शान्तिपूर्ण आन्दोलन गरिरहेको मधेशी थारु संघर्ष समिति कंचनपुरले भारदहमा राउतको मृत्यु भएको थाहा पाउने बित्तिकै आक्रोशित भई कंचनपुरस्थित अस्थाई ट्राफिक प्रहरी पोष्टमा आगजनी गरेका छन् । आगजनीबाट कार्यालयभित्र रहेका सम्पूर्ण कागजात नष्ट भएको छ ।
त्यसपछि भने कंचनपुरस्थित बेरियरमा दिनभर नै प्रदर्शनकारी र प्रहरीबिच दोहरो झडप भएको थियो ।
तस्विर : राजकुमार पासवान





