Nepalese police-madhesh-protest

उपेन्द्र महतो

समानुपातिक समावेशी प्रतिनिधित्व, समान नागरिता अधिकार, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र र सिमांकनलाई प्रमुख मुद्दा बनाएर आन्दोलनरत मधेशीको आन्दोलनमा सरकारको दमनबाट झण्डै पाँच दर्जन आन्दोलनकारीको हत्या भईसकेको छ ।

आन्दोलन सुरू भएदेखि नै कांग्रेस, एमाले र एमाओवादीका नेताहरूको अभिब्यक्ती गैर जिम्मेबार र मधेशी, आदिवासी जनजाति, मुस्लिम, दलितलाई होच्याउने मनसायले उत्प्रेरित छ । त्यही सरकारको प्रसाशनको क्रियाकलापबाट साम्प्रदायिकताको गन्ध आउँछ । आन्दोलनलाई तुहाउन, दमन गर्न र आन्दोलनको प्रतिकारको नाममा एक वर्ग बिषेशलाई प्रसाशनले संरक्षण गरेको छ ।

आन्दोलनको क्रममा मधेशमा भएको चार घटनालाई मात्र हेर्ने हो भने पनि सरकारको प्रहरी प्रसाशन एउटा वर्ग बिषेशको लागी काम गरेको प्रष्ट हुन्छ । एउटा वर्ग बिषेशलाई संरक्षण गरेको र त्यसको आडमा मधेशी, आदिवासी जनजाति, मुस्लिम, दलितलगायतमाथि दमन गरेको स्पष्ट प्रमाण भेटिन्छ । चाहे झड़पको नाममा होस् या मधेश आन्दोलनको प्रतिकारको नाममा होस् प्रहरी प्रसाशनको गोलीले मधेशी, आदिवासी जनजाति, मुस्लिम, दलित लगायतको छाती छानिछानि हत्या गरेको देखिन्छ ।

Upendra-mahato

प्रमुखरूपमा चार घटना स्मरण गर्न चाहन्छु । रूपन्देहीमा आन्दोलनको प्रतिकार, सुनसरीको ईटहरीमा मोर्चाको सभाको बिरोध, सर्लाहीको नवलपुरमा मधेशी मोर्चाको सभाको बिरोध र मोरंगको रंगेलीमा एमालेको कार्यक्रमको बिरोध ।

माथिका चार घटना मध्य रूपन्देही, सुनसरी र सर्लाहीमा मधेशी मोर्चाको कार्यक्रमलाई सरकारकै उक्साहट र संरक्षणमा गैर मधेशीहरुले बिरोध गरेको छ भने मोरंगमा सरकारको संरक्षणमा भईरहेको एमालेको कार्यक्रममा मधेशीको बिरोध भएको देखिन्छ ।

१. रूपन्देहीमा मधेशीहरुले बिरोध प्रदर्शन गरिरहँदा गैर मधेशीहरुले प्रतिकार गर्छ । पुलिसले गोली हान्छ तर प्रतिकार गर्नेलाई केही हुँदैन, मधेशी नै मारिन्छ, घाईते हुन्छन् ।

२. ईटहरीमा मधेशी मोर्चाले बिरोध सभा आयोजना गर्छ, गैर मधेशीहरुले बिरोधको साथ साथै मञ्च तोडफोड गर्छ तर कुनै बिरोध गर्ने गैर मधेशीहरू मारिंदैन, घाईते हुँदैन ।

३. सर्लाहीको नवलपुरमा मधेशी मोर्चाले बिरोध सभा गर्छ । चुरेभावरको नाममा गैर मधेशीहरुले मोर्चा कार्यक्रमको बिरोध गर्छ । तर कुनै बिरोध गरिरहेका गैर मधेशीहरु घाईते वा मारिंदैन उल्टै शान्तिपूर्ण सभा गरिरहेका मधेशीहरू नै घाईते हुन्छ, मारिन्छन् ।

४. रंगेलीमा एमालेले कार्यक्रमको आयोजना गर्छ । मधेशी मोर्चाले बिरोध गर्छ । तर प्रहरी प्रसाशन र त्यसको संरक्षणमा मधेशीमाथि आक्रमण हुन्छ । मधेशी मारिन्छ, घाईते हुन्छ ।

माथिको चार वटै घटना हेर्दा, नेपाल सरकार र त्यसको प्रहरी प्रसाशनको क्रियाकलाप स्पष्टरूपमा साम्प्रदायिक देखिन्छ, एउटा बर्ग बिषेशको देखिन्छ ।

एउटा भनाई छ ‘चाहे तरबुज पे गिरे चाकू या चाकू पे तरबुज, आखिर कटना तरबुजको ही है ।’ चाहे मधेशीको बिरोध गरोस् गैर मधेशीले या गैर मधेशीको बिरोध गरोस् मधेशीले, आखिर प्रहरी प्रसाशनबाट मारिने, घाईते हुने मधेशी नै हो ।

लेखक : यूवा नेता तथा सदभावना पार्टीका केन्द्रीय सदस्य हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.