Sambidhan-jalaidai

हुलाकी न्यूज, बीरगञ्ज ११ माघ । मधेशका विभिन्न जिल्लामा तीन दलले गरेको संविधान संशोधनको प्रतिलिपि जलाइएको छ ।

संशोधन विधेयकको विरोधमा संघीय समावेसी मधेशी युवा गठबन्धन पर्साले सोमबार संविधानको पहिलो संशोधन विधेयक जलाएका छन् । आन्दोलनरत युवा गठबन्धनका कार्यकर्ताहरु सरकारले एकतर्फी रुपमा संशोधन गरेको भन्दै वीरगंजको घण्टाघरमा संशोधनको प्रतिलिपि जलाईको हो ।

आन्दोलनरत पक्षको सहमति विना पारित गरिएको संशोधन विधयेकले मधेशीको माग सम्बोधन गर्न नसकेकोले विधयेक जलाइएको गठबन्धनका युवा संयोजक ईश्वर यादवले बताएका छन् । मधेशमा जारी रहेको आन्दोलनलाइ दवाउने उद्देश्यले सत्ताधारी दलले संशोधन पारित गरेको यादवले आरोप लगाए ।

फोरम गणतान्त्रिकका केन्द्रिय सदस्य संजय यादवले विश्वको उत्कृष्ट संविधान रहेको भन्दै दावी गर्दै आएका सत्ताधारी दलले संशोधन विधेयक ल्याएर संविधान त्रुटिपूर्ण रहेको पुष्टि गरेको टिप्पणी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.