husu-kuhiro

रंजन भण्डारी, जलेश्वर ११ माघ । मधेशका अधिकांश जिल्ला चिसोले प्रभावित भएको छ । विहान र साँझ लाग्ने बाक्लो कुहिरो र चिसो हावाले जनजिवत कष्टकर बनेको छ ।

चिसोबाट दैनिक मजदुरी गरि खाने रिक्सा चालक, मजदुरलगायतका श्रमिकहरु अधिक प्रभावित बनेका छन् ।

महोत्तरीका अधिकांश जनता दैनिक ज्यालादारी गर्ने गर्छन् । चिसो बढेपनि उनी न्यानो विना नै काम गर्न वाध्य छन् । विद्यालय जाने वालवालिका र वृद्धमाथी चिसोको खासै असर देखिने गरेको भएपनि यहाको संघसंस्था, सरकारी निकाय लगायतका मौन वसिदिनाले न्यानो लुगा र ओछयान नहुनेहरु त्यतीकै चिसोसंग जुझ्न वाध्य छन् ।

जलेश्वर ५ मनोज पासमान भन्छन् ‘जिउमा लुगा छैन, खल्तीमा न्यानो लुगा किन्न सक्ने पैसा छैन । कसैसंग सहयोगको आश पनि छैन अव त चिसोकै कारण मर्ने पो हो कि भन्ने डर लाग्छ ।’

जिल्लाको ग्रामिण भेगमा सरकारको पहुच छैन कुनै निकायसंग कति जनतालाई न्यानोको आवश्यकता छ भन्ने तथ्यांक छैन । केहि संघसंस्थाले एकदुई स्थानमा न्यानो वाडेपनि त्यो पर्याप्त नभएको देखिन्छ ।

प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवले सोमबार वन र नगरपालिका प्रमुखसँग छलफल गरि दाउराको बन्दोवस्त गर्न निर्देशन दिईसकेको हुलाकी न्यूजलाई बताए ।

साथै प्रजिअ यादवले चिसोबाट बच्न सक्दो प्रयास गर्न सर्वसाधारणलाई आग्रह समेत गर्छन् ।

हालसम्म चिसोकै कारणले जलेश्वर अस्पतालमा विरामी नपुग्ने गरेपनि चिसो छल्न उचित व्यवस्था समयमै नभए विरामीको संख्या बढन सक्ने डा.सतिस साह बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.