
हुलाकी न्यूज, काठमाडौं ११ माघ । थरुहट–थारुवान संयुक्त संघर्ष समितिले संविधान संशोधनबाट थारु–मधेशीहरुको माग पुरा नभएको भन्दै सशोधनको विरोध गरेको छ ।
सोमबार प्रेस विज्ञप्ति जारी गर्दै समितिका संयोजक धनिराम चौधरीले तीन दलले एक पक्षीयरुपमा गरेको संविधान संशोधन कुनै पनि हालतमा मान्य नहुने जनाएको छ ।
नेपाली शासकहरुले थारु–मधेशीलाई उपनिवेशिकरणको शिकार बनाएको तथा दासत्वको जीवन जिउन बाध्य बनाएको भन्दै शासकहरुले थारु–मधेशीलाई समानुपातिक समावेशी प्रतिनिधित्व गर्न नदिएको जनाइएको छ ।
प्रेस विज्ञप्तिमा थारुहरुले राखेको १३ बुँदे मागलाई नजरअन्दाज गरी गरिएको संविधान संशोधन मान्य नहुने भन्दै वार्ताको वातावरण पनि राज्य पक्षले विगारेको जनाइएको छ ।



