antarparty-yuva-sanjaal-with-sushil-koirala
हुलाकी न्यूज, काठमाडौं, २३ भदौ । अन्तरपार्टी युवा सञ्जालले मधेशको मुद्दा सम्बोधन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । युवा सञ्जालले जारी मधेश आन्दोलनमा प्रहरीले गरिरहेको दमनप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै लगातारको बन्द, हड्ताल र कफ्यूले सर्वसाधारणको जीवन कष्टकर हुँदै गएको बताएको छ ।

ज्ञापनपत्रमा कैलालीको टिकापुरमा प्रहरीमाथि भएको आक्रमण र हत्याको भत्र्सना गर्दै प्रहरीले थारुहरुको घरभित्र प्रवेश गरी छोरी चेलीमाथि दुव्र्यवहार गरेको र थारु युवाहरुलाई बेपत्ता पारेको प्रति आपत्ति जनाइएको छ ।

युवा सञ्जालले आन्दोलनरत पक्षको जायज मागलाई सम्बोधन गर्दै प्रहरी दमन रोक्न प्रधानमन्त्रीसँग आग्रह गरेको छ । प्रहरीको बर्बर दमनले जनता र सरकारबिचको दुरी बढाउने युवा सञ्जालको ठहर छ ।

उसले तराई मधेशमा भएका सबै हत्या हिंसा र प्रहर दमनको निश्पक्ष छानबीन गरी दोषीमाथि कारवाही गर्न माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.