Naya-sakti-baburam-bhattrai

हुलाकी न्यूज, काठमाडौं १० माघ । डा.बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्तिले आइतबार काठमाडौंमा केन्द्रीय परिषद् घोषणा गरेको छ । केन्द्रीय परिषद्मा डा.भट्टराई संयोजकसहित ३५जना सदस्य छन् ।

३५ जना सदस्य मध्ये ७ जना मात्र मधेशी–थारु छन् । जसमध्ये धनुषा कै ३ जना रहेका छन् । धनुषाबाट डा.रामकेवल साह, रामचन्द्र झा र बज्रकिशोर यादव रहेका छन् । मधेशी मध्ये दुई जना थारु पनि परेका छन् दाङ्गका डा.सुरेन्द्र चौधरी र सप्तरीका नत्थुप्रसाद चौधरी । त्यस्तै महोत्तरीका डा.प्रविन मिश्रा र सिरहाका डा.जीतेन्द्र महासेठ रहेका छन् ।

भट्टराईले मधेशका अधिकांश जिल्लाबाट गैरमधेशीलाई प्रतिनिधि बनाउँदै परिषद्मा राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.