Gajendra-narayan-singh

हुलाकी न्यूज, काठमाडौं १० माघ । नेपाल सद्भावना पार्टीका संस्थापक गजेन्द्र नारायण सिंहको आज १५ औं पुन्य तिथि परेको छ । उक्त अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी(गजेन्द्रवादी) र नेपाल सद्भावना पार्टी(युनाईटेड)लगायत मधेशी संघ–संगठनहरुले कार्यक्रम गर्दैछन् ।

सद्भावना पार्टीले काठमाडौंस्थित सम्पर्क कार्यालयमा श्रद्धाञ्जली सभा राखेको छ भने नेपाल सद्भावना पार्टीले सम्पूर्ण जिल्ला कार्यालयहरुमा कार्यक्रम राखेको छ ।

नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झाले हुलाकी न्यूजलाई दिएको जानकारी अनुसार पुन्य तिथिको अवसरमा हुने कार्यक्रमहरुमा जारी आन्दोलन बारे छलफलसमेत हुनेछ ।

झाले हिजो तीन दलले गरेको संविधान संशोधन मान्य नभएभन्दै आन्दोलन सशक्त भएर जाने दाबी गरे ।

Gajendra-narayan-singh-in-protest

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.