
हुलाकी न्यूज, कुनौली(विहार) १० माघ । मधेश आन्दोलनको समर्थनमा भारतीय राजनीतिक दलहरुले सीमावर्ती क्षेत्रमा सम्वाद कार्यक्रम गर्दै आएको छ ।
भारत–नेपाल मैत्री सम्वाद यात्रा नाम दिइएको उक्त कार्यक्रम शुक्रबार कुनौली क्षेत्रमा भएको छ । जसको आयोजन मिडिया फोरम बोर्डर हार्मोनी र भारत–नेपाल मैत्री संघ कुनौलीले गरेको थियो ।
कार्यक्रममा बोल्ने अधिकांश भारतीय नेताहरुले नेपालबाट मधेश टुक्रिन सक्ने संकेत गरेका छन् । पाकिस्तानबाट बांगलादेश टुक्रिए जस्तै नेपालबाट मधेश टुक्रिन सक्ने चेतावनी केही नेताले दिए । अर्का संसदले मधेशको भूभाग नेपाली राज्यद्वारा विजित नरहेको भन्दै जुनसुकै बेला स्वतन्त्र हुन सक्ने बताए ।
भारतीय नेताहरुले यस्तो भाषण गरिरहँदा कार्यक्रममा पुगेका मधेशी नेता तथा सर्वसाधारणहरुले ताली बजाउँदै थिए ।
कार्यक्रमका प्रमुख अतिथि भारत सरकारका पूर्व केन्द्रीय मन्त्री तथा राष्ट्रिय जनता दलका राष्ट्रिय उपाध्यक्ष प्रा.डा. रघुवंश प्रसाद सिंहले मधेश आन्दोलन नेपालको आन्तिरक मामिला नरहेकोमा जोड दिँदै छिमेकमा आगो लाग्दा चुप लागेर बस्न नसकिने बताए । वर्तमान केपी शर्मा ओलीको सरकारले आन्दोलनलाई दबाउन जतिसुकै गोली प्रहार गरेपनि आन्दोलन नरोकिने उनले दाबी गरे ।
छ महिनादेखि मधेश आन्दोलन चलिरहेको, नाकाबन्दीको चौथो महिना पुरा भएको र ६२ जना मधेशीको ज्यान जानुका साथै दुई देशबीच व्यापार चौपट हुन लाग्दा पनि ओली सरकारले माग सम्बोधन गर्नुको साथै महिला र बच्चा समेतमाथि गोली हानेको आक्रोश पोख्दै सिंहले सेनाबाट पनि गोली चलाउने काम भइरहेको आरोप लगाए ।
संयुक्त राष्ट्रसंघ, नेपालकै राष्ट्रिय मानव अधिकार आयोगसमेतले मधेश आन्दोलनमा राज्य पक्षबाट मानवअधिकारको उल्लंघन भइरहेको तथ्य बाहिर आइरहेपनि राज्यले दमन गर्न नछोडेको भन्दै उनले वर्तमान आन्दोलन मधेशको अस्मिताको आन्दोनल रहेको बताए ।
विगतमा हिमालयदेखि विन्ध्याचलसम्म मध्यदेश रहेको स्मरण गर्दै सिंहले नेपालमा मधेशीलाई भारतीय भन्ने र भारतमा नेपालीभन्ने गरेको कारण मधेशीको पीडा अन्नत रहेको सुनाए ।

मधेशीसहित पहाडको आदिवासी, जनजातिसमेत शोषणमा रहेको अवस्थामा तीन दलद्वारा जारी गरिएको संविधानले यी जात जातीलाई अझ अधिकारविहिन बनाएकाले जारी गरिएको संविधान च्यातिनुपर्ने तर्कसमेत उनले गरे ।
प्रमुख तीन दलमा रहेका मधेशी नेताहरु पहाडीको दलाली गरिरहेको आरोपसमेत उनले लगाए । अमेरिकाको भाञ्जा बाराक ओबामा नेपालको राष्ट्रपति बन्न पाउने तर भारतको भान्जा नेपालको उच्च पदमा किन जान नसक्ने भनी प्रश्न तेस्याउँदै सिंहले मधेश आन्दोलनप्रति भारत सरकार बेखबर रहेको आरोप लगाए ।
मधेश आन्दोलनप्रति समर्थन जनाउन पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको १८ सय किलोमिटर खुल्ला बोर्डरमा आफुहरु पुगी यात्रा सञ्चालन गरिरहेको र सो क्रममा कुनौलीमा २८औं सभा सम्पन्न गरिएको जानकारी दिँदै सिंहले दिल्लीदेखि काठमाडौंसम्म आफुहरु पुग्न तयार रहेको जानकारी समेत दिए । वार्ताको नाममा आन्दोलनकारीलाई थकाउने काम नेपाल सरकारले गरिरहेपनि मधेशी जनता नथाक्ने उनले बताए ।
नेपालका परराष्ट्र मन्त्री कमल थापा भारत सरकारसँग ब्ल्याकमेलिड्ड गर्नुका साथै सिमा क्षेत्रमा तस्कारी गराउन अनुरोध गरिरहेको खुलासा समेत गरे । भारतको विकल्प चिन हुन नसक्नेमा जोड दिँदै सिंहले दिल्ली र काठमाडौं दुई देशको जनताबाटै ठिक हुने भन्दै मधेशका आन्दोलनकारीहरुलाई एकजुट हुन समेत उनले आग्रह गरे । आफुहरु नेपाललाई एकजुट रहेको देख्न चाहेपनि तीन दलको रवैया ठिक नरहेको भन्दै मधेशमा धेरै दमन भए पाकिस्तानबाट बंगलादेशको निर्माण भएझै अवस्था आउन सक्नेप्रति सचेत हुनसमेत उनले नेपाल सरकारको ध्यानाकर्षण गराए ।
बिहारको पिप्राका विधायक यधुवंश यादवले अधिकार प्राप्त गर्नको लागि भारतीय स्वतन्त्रता संग्रामको इतिहास मधेशी नेता र जनताले अध्ययन गर्न जरुरी रहेको भन्दै आन्दोलनको क्रममा राजनीतिक प्रतिस्पर्धा नगर्नसमेत उनले आग्रह गरे ।
सोही कार्यक्रममा बोल्दै पूर्व सभासद् महेश यादवले मधेश नेपालको विजित भू–भाग नरहेको भन्दै भारत सरकारले चाहेको खण्डमा आजपनि लिन सक्ने दाबी गरे । मधेशको भू–भाग अंग्रेजहरुले नेपाललाई उपहारमा दिएको भन्दै यादवले भारत स्वतन्त्र हुन लाग्दा बेलायत सरकारले मधेशीको सुरक्षा र रेखदेखको जिम्मा भारतलाई दिएकाले भारत सरकारले हस्तक्षेप गर्न आवश्यक रहेकोमा समेत जोड दिए ।




Congratulations to Hulakinews com for publishing current socio-political events taking place in Madhesh region. We should acknowledge the positive attitudes and activities of Indian politicians who are organizing “Dialogue Program” just across the border in support of Madheshi Andolan. The politicians, elite people and sociopolitical activists should have dialogue with them. Unfortunately, our politicians want to have dialogues and meetings with Kathmandu. I fully agree with comments and suggestions from Prof Dr. Ragubansh P Singh, Yedubans Yadav, Mahesh Yadav that (i) during Madhesh Andolan/revolution all the Madhesh based political parties have to unite and they should compete each other for power or wealth, (ii) Madheshi politicians or elite people who have joined Pahadi parties are traitors and they should be socio-politically boycotted, (iii) the time has come to seriously think of creating a Swatantra Madhesh country. The recent constitutional amendment will not solve the Madhesh and Madheshi problems. Now, the Madheshi youths in Nepal or abroad have to change the Andolan momentum and demand for an independent Madhesh country. If we seriously work on adopting strategic approaches under a good leader, we can achieve our goal in 5-6 years time. Let us work for it.