Nepalgunj-protest

आशिष गुप्ता, नेपालगञ्ज ९ माघ । रंगेली घटनाको विरोधमा बाँकेको सदरमुकाम नेपालगञ्जमा पनि प्रदर्शन तीब्र बनेको छ । शुक्रबार र शनिबार नेपालगञ्जमा मधेशीहरुले प्रदर्शन गरेका छन् ।

नेपालगञ्जमा मधेशीहरुले मधेश विरोधी सरकार मुर्दावाद, आतंकवादी सरकार मुर्दावाद, मधेश उपरको दमन बन्द गर, हाम्रो माग पुरा गर, प्रधानमन्त्री केपी ओली मुर्दावाद जस्ता नारा लगाउँदै प्रदर्शन गर्दै आएका छन् ।

शनिबार नगर परिक्रमा पछि मधेशीहरुले त्रिभुवन चोकमा कोण सभा गरेका छन् ।

कोणसभालाई मधेशवादी पार्टीका नेताहरुले सम्बोधन गर्दै आन्दोलन निरन्तर जारी राख्ने प्रतिवद्धता व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.