
हुलाकी न्यूज, बीरगञ्ज ९ माघ । बारा र पर्सामा नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादीको कुनै पनि कार्यक्रम गर्न रोक लगाइएको छ ।
मधेशवादी पार्टीहरुको बारा र पर्सा जिल्ला स्तरीय बैठकबाट यस्तो निर्णय गरिएको हो ।
बैठकपछि जारी गरिएको प्रेस बिज्ञप्तिमा तीन दलहरुलाई कार्यक्रम गर्नमा रोक लगाउने र भए प्रतिकार गर्ने जनाइएको छ ।
बिगत ५ महिनाभन्दा लामो समयदेखिको मधेशी र थारु आन्दोलनको क्रममा राज्यतर्फबाट भएको बल प्रयोग र हिंसासँगै रंगेली घट्नाको निन्दा गरिएको छ ।
‘संबिधानमा लोकतान्त्रिक अधिकारको स्थापनाका लागि मधेशमा जारी जनताको आन्दोलन बिरुद्धमा देखा परेका र हत्या हिंसाको बलमा दबाउन खोज्ने सरकारलाई सर्मथन गरिरहेका काँग्रस, एमाले र एमाओबादीको कार्यक्रम हुन नदिने निर्णय गरिएको छ,’मोर्चाका जनपरचालन समिति पर्साका संयोजक अध्यक्ष प्रदीप यादवले भने ।



