USA_press-release

हुलाकी न्यूज, काठमाडौं ९ माघ । जारी मधेश आन्दोलनमा सरकारले गरेको दमनमा संयमता अपनाउन अमेरिकाले आग्रह गरेको छ ।

शुक्रबार अमेरिकी उपराज्य मन्त्रीले नेपालका प्रधानमन्त्री केपी ओलीलाई टेलिफोनमार्फत प्रदर्शनकारीहरुमाथि राज्य पक्षबाट भइरहेको व्यवहारमा संयमता अपनाउन आग्रह गरेको हो ।

अमेरिकी उपराज्य मन्त्री  ब्लिंकेनले नेपालको राजनीतिक संकटमाथि चर्चा गर्दै सबै पक्षलाई समेटेर सहमति गर्न आग्रह गरे । राजनीतिक गतिरोध अन्त्यका लागि सबैलाई समेटेर ठोस कदम उठाउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेको प्रवक्ताको कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.