THRD_Alliance_Press_Release_2016.01

हुलाकी न्यूज, काठमाडौं ८ माघ । रंगेली घटनाका विषयमा तराई मावन अधिकार रक्षक सञ्जालले सरकार सम्बद्ध दलको कार्यक्रम सफल बनाउन अत्याधिक बल प्रयोग गरि मान्छे मार्न लगाइएको जनाएको छ ।

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै थर्ड एलायन्सले भनेको छ,‘सरकार र मधेशी मोर्चाबीच वार्ताको वातावरण बनिरहेको बेलामा सरकार सम्बद्ध दलको कार्यक्रम सफल बनाउन अत्यधिक बलको प्रयोग गरी मान्छे मार्न लगाउनु निन्दनीय छ ।’

‘यसरी संविधानप्रदत्त बाँच्न पाउने हकमा आघात पर्ने गरी कानुन विपरित कुनै किसिमको हात हतियारको प्रयोग नगर्न सम्मानित सर्वाेच्च अदालतले दिएको आदेशको समेत उपहास हुने गरी राज्यले बल प्रयोग गरेको देखिन्छ ।’–विज्ञप्तिमा जनायएको छ ।

माघ ७ गते नेकपा एमालेको भातृ संगठन युवा संघले संविधानको प्रचार प्रसारको कार्यक्रम आयोजना गरेको थियो, सो कार्यक्रमलाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले संबोधन गर्ने कुरा भएपछि मधेशी मोर्चाले आफ्नो निर्धारित विरोधका कार्यक्रम घोषणा गरेको थियो । सोही पुर्व निर्धारित विरोध कार्यक्रम अनुरुप युवा संघको कार्यक्रमलाई विथोल्ने प्रयास गरेपछि प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको थर्ड एलायसन्को अनुगमनबाट देखिएको छ ।

यसरी पुर्वाग्रहपुर्वक भएको उक्त घटनाको निष्पक्ष छानबीन गर्न उच्च स्तरीय न्यायिक समितिको गठन गरी दोषी देखिएको व्यक्ति, गोली चलाउन आदेश दिने, गोली चलाउन माहोल बनाउने र गोली चलाउनेलाई फौजदारी न्यायप्रणाली अन्तर्गत कारवाही गर्न थर्ड एलायन्सले माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.