
हुलाकी न्यूज, जनकपुरधाम ८ माघ । केही दिनदेखि शान्त रहेको जनकपुरधाम विहीबारदेखि उग्र बनेको छ । शुक्रबार विहानैदेखि प्रदर्शन तीब्र भएको छ भने सम्पूर्ण बजार तथा कलकारखाना बन्द गरिएको छ ।
विहीबार रंगेलीमा युवा संघको कार्यक्रम गराउन प्रहरीद्वारा तीन जना मधेशी मारिएपछि जनकपुरसहित मधेशका विभिन्न सहरमा प्रदर्शन तीब्र बनेको छ ।
जनकपुरधामको विभिन्न चौकमा ठूलो संख्यामा मधेशीहरुको सहभागीता रहेको छ । स्थानीय पत्रकारहरुले हुलाकी न्यूजलाई दिएको जानकारीअनुसार प्रदर्शन यसैगरी कायम रहे दिउँसो झडप हुने सम्भावना छ ।






