Rangeli-protest

हुलाकी न्यूज, विराटनगर ७ माघ । युवा संघ नेपालको कार्यक्रम सफल पार्न प्रहरीद्वारा तीन जना मधेशी मारिएका छन् ।

त्यस्तै युवा संघका कार्यकर्ताहरुले खुकुरी प्रहार गर्दा मधेशी मोर्चाका एक जना कार्यकर्ता मारिएका छन् भने केही घाइते भएका छन् ।

मोरङ्गको रंगेलीमा एमालेको भातृ संगठन युवा संघ नेपालले आयोजना गरेको कार्यक्रमलाई मधेशी मोर्चाले नगर्न आग्रह गर्दै आएको थियो । स्थानीय राजनीतिक दल तथा प्रशासनले उक्त कार्यक्रम नगर्न युवा संघलाई आग्रहसमेत गरेको थियो ।

तर माथिबाट दबाब आएपछि प्रहरीले उक्त कार्यक्रम सफल पार्न सुरक्षा दिइरहेका थिए । सोही क्रममा मोर्चाका कार्यकर्ताहरु कार्यक्रम विथोल्न अगाडि बढ्दा प्रहरीको गोलीबाट ६० वर्षीय द्रोपती देवी चौधरी मारिएका छन् । चौधरी रंगेली नगरपालिका ४ की हुन् ।

त्यस्तै डाइनियामा युवा संघका कार्यकर्ताहरुले खुकुरी प्रहार गरी महादेव ऋषिदेवको हत्या गरेको छ । त्यही प्रहरीको गोलीबाट १८ वर्षीय चिबु माझी पनि मारिएका छन् ।

मोरङ्गका प्रमुख जिल्ला अधिकार तोयम रायाले हालसम्म दुई जनाको मृत्यु भएको पुष्टि गर्दै थप जानकारी आउन बाँकी रहेको हुलाकी न्यूजलाई जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.