parliyament-nepal

हुलाकी न्यूज, काठमाडौं ७ माघ । तीन दलले संविधान संशोधन प्रक्रिया अगाडि बढाएपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित ६ वटा पार्टीले संसद बहिस्कार गरेका छन् ।

संसदमा संविधान संशोधन विधयेकमाथि दफाबार छलफल पनि भइरहेको छ ।

तीन दलले मधेशी–आदिवासी जनजातिको मागअनुसार संविधान संशोधन नगरेको भन्दै मोर्चाका संघीय समाजवादी फोरम नेपाल, तराई–मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई–मधेश सद्भावना पार्टी तथा राष्ट्रिय मधेश समाजवादी पार्टी र थरुहट तराई पार्टीले संसद बहिस्कार गरेका छन् ।

यता प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दल र मधेशी मोर्चाको बैठक विना निस्कर्ष सकिएको छ । बैठकबाट बाहिरिदै सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले वर्तमान सरकारको मनसाय मधेशीहरुको माग पुरा गर्ने खालको नरहेको बताए ।

त्यस्तै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारसँग मधेशीहरुको माग पुरा गर्न सक्ने हैसियत नरहेको टिप्पणी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.