Janakpur-protest-samajbadi

हुलाकी न्यूज, जनकपुरधाम ७ माघ । सार्वजनिक यातायात सुचारु भएको विरोधमा विहीबार प्रदर्शन भएको छ । बुधबारदेखि जनकपुर र जलेश्वरलगायतका क्षेत्रमा सार्वजनिक सवारी चल्न थालेको छ ।

त्यसको विरोधमा संघीय समावेशी मधेशी गठबन्धनका एक घटक राष्ट्रिय मधेश समाजवादी पार्टीका भातृ संगठन समाजवादी विद्यार्थी संघले बिहीबार जनकपुरमा विरोध प्रदर्शन गरेको छ । संघले एक घण्टा चक्का जाम गरेको हो ।

संघले माग पुरा नभएसम्म यातायात पूर्णरुपमा बन्द राख्नुपर्ने भन्दै रामानन्द चोकमा एक घण्टा चक्का जाम गरेको हो । मधेश आन्दोलनका कारण पाँच महिनाभन्दा बढी समयदेखि बन्द रहेको यातायातका सवारीसाधन बुधबारदेखि चल्न थालेको छ ।

आन्दोलनरत पक्षले स्थानीय स्तरमा यातयात सञ्चालन केहि खुकुलो गरेको देखिन्छ । यातायात सञ्चालनका विषयमा आन्दोलरत पक्ष र बस व्यावसायी संघको छलफल बिहीबार पनि हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.