हुलाकी न्यूज, कपिलवस्तु ७ माघ । स्थानीय प्रशासनले बैकल्पिक व्यवस्था नगरी घर–टहर भत्काउँदा करिब दुई दर्जन परिवार विचलीमा परेका छन् ।
बहादुरगंज गाविस वार्ड ४ स्थित श्री प्राथामिक बिद्यालय जुमिला तथा सडकको जग्गामा रहेको टहरा भत्काइएको हो । बिगत ३० बर्षदेखी बस्दै आएका दुई दर्जनभन्दा बढि परिवारका घर टहराहरुलाई जाडोको याममा अर्को व्यवस्था नगरी प्रहरी प्रशासनको सहयोगमा भत्काइएको हो ।
उक्त घट्नाप्रति मधेश मानव अधिकार गृह (माहुरी होम) को ध्यानाकर्षण भएको छ । माहुरी होमले प्रेस विज्ञप्तिमा जारी गर्दै उक्त जग्गामा बसिरहेका घर परिवारहरु मध्ये वास्तविक भुमिहिनहरुको बारेमा नबुझी घर टहरा भत्काईनु आफैमा अमानविय कृयाकलाप भएको बताएको छ ।
बालबालिकाको साथै दर्जनौ नागरिकहरु चिसोयाममा खुला आकाशमुनी बस्न बाध्य भएकाले ति परिवारहरुको आवास तथा भूमिमाथिको अधिकार सुनिश्चिताका लागि तत्काल बैकल्पिक व्ययवस्था गरी स्थानान्तरण गर्न माग गरेको छ ।