Rajendra-mahato-injured-

हुलाकी न्यूज, लहान ६ माघ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्यमा समस्या आएको छ । उनको प्रेसर अत्याधिक बढेको तथा रिंगटा लाग्न थालेको सद्भावना पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोले हुलाकी न्यूजलाई बताए ।

विराटनगरमा प्रहरीको आक्रमणमा परी घाइते भएका महतोको स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि दिल्ली लगिएको थियो ।

दिल्लीबाट फर्केलगत्तै उनि राजनीतिक भेटघाटमा व्यस्त भएका थिए । मंगलबार उनी बलिदानी दिवसको अवसरमा लहान पुगेका हुन् ।

उनलाई पुरानो चोट दुख्न थालेको, ब्लड प्रेसर र सुगरको मात्रा बढेको, रिँगटा लाग्ने जस्ता समस्या देखिएको उपचारमा संलग्न डा.चन्द्रशेखर यादवले जनाएका छन् ।

उनी बिरामी परेपछि सिरहाको माडरमा आयोजित कार्यक्रममा महतो सहभागी भएनन् । उनी अहिले लहान स्थित एक होटलमा आराम गरि रहेका छन् ।

फाइल फोटो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.