हुलाकी न्यूज, जनकपुरधाम, २३ भदौ । महोत्तरीको जलेश्वरमा प्रहरीको गोली लागि तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ । जलेश्वरको महेन्द्र चौकमा प्रहरी र प्रदर्शनकारीबिच भएको झडपमा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा जलेश्वर–७ का रोहन चौधरी, १४ का मुसवा कापर र ५ का रामविवेक यादव रहेका छन् ।

जलेश्वरमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको हुँदा प्रदर्शनकारी र स्थानीयहरु महेन्द्र चौकमा भेला हुन थालेपछि भीड बढेको थियो ।

प्रहरी चौकी नजिकै भीड जम्मा भएपछि प्रहरी र प्रदर्शनकारीबिच झडप भएको थियो । प्रहरीले प्रहरी चौकीको छतमा चढेर अन्धाधुन्द फायरिङ्ग गरेको बताइएको छ । प्रहरीको गोलीले अन्य दर्जनौं घाईते भएका छन् । घाईते हुनेमा रेडियो मिर्चीका प्रबन्धक गोपाल मिश्र पनि रहेका छन् ।

जलेश्वरको अवस्था तनावग्रस्त भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

तस्विर : इमेज खबर

1 COMMENT

  1. nikamma sarkar ,
    aru ko haq adhikar khosne pustaini bani ab chaldain.
    Jun thali ma khan6 tyahi thali ma chhed garna ta topi haru pa6i pardainau.
    Tar ab hami haru pani sikh liee sakya ho ,
    tero takat kati tyo pani thah vayekai kura h
    o.topi sarkar le aafno bujdili ko praman patra diee sakya 6,nisastra madheshi haru mathi goli haner,tar kati jana lai goli hanna saka6,hami sabae jana afno haq ko lagi marna tyar chhau…..

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.