delhi-lalbabu-patel-with-UMS

हुलाकी न्यूज, नयाँ दिल्ली ६ माघ । विगत दुई सातादेखी दिल्लीको एम्समा उपचाररत मधेश आन्दोलनका घाइते लालबाबु पटेलको अवस्था बारे जानकारी लिइएको छ ।

युनाइटेड मधेशी र तराई मधेश अध्ययन समूहका सदस्यहरुले पटेलको अवस्था बारे जानकारी लिएको हो ।

युनाइटेड मधेशीका संयोजक संजय यादबले हुलाकी न्यूजसँग कुराकानी गर्दै पटेलको स्वास्थ्य अवस्था सुध्रिदै गएको र डाक्टरले केही दिन आराम गर्न सुझाव दिएको बताए ।

युनाइटेड मधेशी र तराई मधेश अध्ययन समूहले घाइते पटेललाई आर्थिक सहयोग पनि गरेको छ । पटेललाई यि दुई संस्थाका सदस्यहरुले नियमित देखभाल गर्दै आएको छ ।

delhi-lalbabu-patel-with-UMS-2

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.