अमरेन्द्र कुमार यादव, महेन्द्रनगर ६ माघ । क्षीरेश्वर स्पोट्र्स क्लव महेन्द्रनगर धनुषाको आयोजनामा बिहीबारदेखि धनुषा जिल्ला स्तरीय लिग फुटवल प्रतियोगिता हुने भएको छ ।
क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगरको क्षीरेश्वर जनता उच्च माविको खेल मैदानमा संचालन हुने यस लिग फुटवल प्रतियोगिताको उदघाटन बिहीबार दिउँसो १ बजे हुने आयोजकले जनाएको छ । प्रतियोगिता माघ १२ गतेसम्म संचालन हुनेछ ।
महेन्द्रनगरमा हुने यस प्रतियोगितामा जम्मा १० वटा टिमको सहभागीता रहेको जानकारी क्लवका अध्यक्ष रामदेव यादवले हुलाकी न्यूजलाई दिए ।
अध्यक्ष यादवले यस्तै लिग प्रतियोगिता धनुषाको खजुरीमा समेत संचालन भइरहेको र दुबै ठाउँमा म्याच सम्पन्न भएपश्चात टिमले प्राप्त गरेको अंकको आधारमा सेमी फाइनल र फाइनल खेल हुने जनाए ।