आशिष गुप्ता, नेपालगञ्ज ६ माघ । पश्चिम मधेशमा पनि बलिदानी दिवस मनाइएको छ । बाँकेसहितका जिल्लाहरुमा मंगलबार बलिदानी दिवस मनाइएको हो ।
नेपालगञ्जको जिविसमा आयोजित मधेशी शहीदहरुको सम्झ्नामा ९औं ‘बलिदानी दिवस’भिविन्न कार्यक्रमा गरी मनाइएकोे छ ।
नेपालगञ्जमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको पूर्वघोषित कार्यक्रमअनुसार मोर्चामा आबद्ध चारवटै दलले संयुक्त रुपमा बलिदानी दिवस मनाएका हुन् । मधेशी मोर्चाले प्रथम पटक संयुक्त रुपमा बलिदानी दिवस मनाइरहेको छ ।
‘मधेशी शहीदहरुको सम्झ्नामा मधेश आन्दोलन बहस’विषयक अन्तक्रिया कार्यक्रममा मधेशी नागरिक समाजका पूर्वसयोजक तथा प्रमुख अतिथि पन्नालाल गुप्ताले प्रक्रियावादीले भ्रमको खेती गरेर आम नागरिकलाई अलमलाउने काम गरेको र आन्दोलनलाई ठोस निष्कर्षमा नपु¥याई गलाउने र ठकाउने काम भएकोले चिन्ता व्यक्त गरेका छन् ।