Press-release-tamalopa

हुलाकी न्यूज, जनकपुरधाम ६ माघ । जानकी मन्दिरमा कुनै तोडफाड नभएको भन्दै तराई–मधेश लोकतान्त्रिक पार्टीले मुद्दा फिर्ताको माग गरेको छ ।

मन्दिरमा तोडफोड गरेको भन्दै नेपाल सरकारले तीन जना महिलासहित १० जनामाथि मुद्दा चलाएको छ ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै तमलोपाले सरकारले पञ्चायती तानाशाह शैलीमा मधेशी जनतामाथि मुद्दा दायर गरेको जनाएको छ ।

मुद्दा दायर गरिएका १० जना मध्ये दुई जनालाई प्रहरीले हिरासतमा राखेको छ ।

तत्काल झुठा मुद्दा खारेज गरी उनीहरुलाई रिहा गर्न तमलोपाले माग गरेको छ ।

यता स्थानीय बुद्धिजिविहरुले हुलाकी न्यूजसँग कुराकानी गर्दै राष्ट्रपतिमाथि जुत्ता प्रहारदेखि दुव्र्यवहारको बदला लिन र जनकपुरका आन्दोलनकारीलाई तह लगाउन मुद्दा दायर गरेको टिप्पणी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.