
हुलाकी न्यूज, परासी ४ माघ । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतले सर्वोच्च अदालतबाट सफाई पाएपछि कार्यकर्ताहरु उत्साहित देखिएका छन् । हुलाकी न्यूजसँग कुराकानी गर्दै डा.राउतका स्थानीय कार्यकर्ताहरुले खुशी व्यक्त गरेका छन् ।
स्थानीय कार्यकर्ताहरुले भने,‘सर्बोच्च अदालतको फैसलाबाट हामीहरु उत्साहित छौं र अव सर्वसाधारणहरु पनि बेहिचक जुट्नेछन् । हाम्रो पछिल्लो महिनामा हजारौंको संख्यामा मधेशीहरु प्रत्यक्ष रुपमा संगठनमा जोडिएका छन् ।’
डा.राउतलाई संथाल जातीको कार्यक्रमबाट प्रक्राउ गरी नेपाल प्रहरीले राज्य विप्लब सम्बन्धी मुद्दा चलाएको थियो । उक्त मुद्दामा विशेष अदालत काठमाडौंले सफाई दिएको थियो । त्यसताका काठमाडौंसहित मधेशमा डा.राउतको समर्थनमा प्रदर्शन भएको थियो ।
नेपाल सरकारले उक्त मुद्दालाई सर्वोच्चमा पुनराबेदनका लागि लगेको थियो । आइतबार सर्बोच्चले पनि डा.राउतलाई सफाई दिएको छ ।
सर्बोच्चको फैसला पछि झापादेखि कञ्चनपुरसम्मका कार्यकर्ताहरुमा नयाँ तरङ्ग छाएको गठबन्धनका केन्द्रीय सह–संयोजक चन्दन सिंहले हुलाकी न्यूजलाई बताए ।




Jay madhesh