santlal-yadav-birgunj

हुलाकी न्यूज, बीरगञ्ज ४ माघ । पर्सा जिल्ला बीरगञ्ज उपमहानगर पालिका १९ इनरुवाका सन्तलाल यादवले नयाँ जीवन पाउने भएका छन् । हुलाकी न्यूजमा आएको रिपोर्टको आधारमा मधेश रिलिफ फण्ड र स्थानीयवासीहरुले यादवलाई सहयोग गर्दै उनलाई पसल खोल्न रकम जुटाई दिएका छन् ।

यादवको एउटा खुट्टा छैन । सडकबाट घर तिर आउने क्रममा नेपाल प्रहरीले चलाएको अन्दाधुन्द गोली उनको ढाँडमा लागेको थियो । उनी घाइते भएपछि उनका श्रीमती र बच्चाहरु उनलाई छोडेर माइत गएका छन् ।

एउटा छोरीको विवाह गर्ने तिथि पनि तय भइसकेको थियो तर आर्थिक अभावले महिनौदेखि उनको घरको चुल्हो जलेको थिएन । उनलाई स्थानीयबासीहरुले पालैपालो गरी खुवाउँदै आएका थिए ।

आइतबार उनलाई मधेश रिलिफ फण्डले पसल सञ्चालन गरी जीवनयापन गर्न पहिलो चरणमा ८ हजार प्रदान गरेको छ । उनलाई आत्मनिर्भर बनाउन अझै रकम प्रदान गरिने जनाइएको छ ।

त्यस्तै हुलाकी न्यूजमा समाचार सार्वजनिक भएलगतै पुस ३० गते स्थानीयवासीहरुले करिब आधा घण्टामा ४ हजार भन्दा अधिक रकम सहयोग गरेको थियो ।

यादवलाई हेरचाह गर्न तथा उनलाई भविष्यमा सहयोग गर्न ६ सदस्य व्यवस्थापन समिति पनि बनाइएको छ ।

प्रकाश चौधरी, जयन्ती, स्वास्थ्यकर्मी जयमोद ठाकुरले उक्त रकम स्थानीय बासिन्दाको रोहबरमा हस्तांतरण गरेको हुलाकी न्यूजलाई जनाएका छन् । ठाकुरका अनुसार पुनः पसलको समान खरिद गर्न अर्को चरणको रकम हस्तांतरण गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.