aresting-women-in-janaki-teampal

हुलाकी न्यूज, जनकपुरधाम ४ माघ । जनकपुरका स्थानीयवासीहरुको विरोधका बाबजुद विवाह पञ्चमीमा जनकपुरधाम आएकी राष्ट्रपति विद्या भण्डारीमाथि जुत्ता फाल्ने घटनाको सेरोफेरोमा तीन जना महिलासहित १० जनामाथि मुद्दा चलाइएको छ ।

स्थानीय सञ्चारकर्मीहरुले हुलाकी न्यूजसँग कुराकानी गर्दै राष्ट्रपतिमाथि भएको दुव्र्यवहारको विषयमा सरकारले डाईरेक्ट मुद्दा चलाउन नसकेपछि उनीहरुमाथि झुठा मुद्दा लगाएर तह लगाउन खोजेको बताए ।

उनीहरुमाथि जनकी मन्दिरमा तोडफोड गरेको आरोप लगाइएको छ ।

प्रहरी हिरासतमा हाल दुई जना रहेका छन् । हिरासतमा रहेका शिला देवी र अशोक प्रसैलालाई आईतबार जिल्ला अदालत धनुषामा पेस गरिएको छ ।

सोमबार दुवै जनाको बयान पछि अदालतमा बहस सुरु हुने सहायक जिल्ला सरकारी वकील रामेश्वर राय यादवले हुलाकी न्यूजलाई जानकारी दिए ।

अभियोग पत्रमा शिला देवी र अशोक प्रसैलालगायत विमला साह, विवेक चन्द्र अधिकारी, सुशिल कर्ण, नविन यादव, रामचन्द्र चौधरी, सरीता गिरी, रामजी राय र सिता चौधरीलाई प्रतिवादी बनाईएको छ ।

प्राचिन स्मारक संरक्षण एन २०१३ को दफा क बमोजिम मुद्दा चलाइएको छ । जसअनुसार ५ देखि २५ बर्ष कैद र २५ हजारदेखि एक लाखसम्म जरिवाना हुने प्रावधान रहेको छ ।

यता जनकपुरका नागरिक समाजले राष्ट्रपतिको कार्यक्रममा अवरोध गर्नेहरुमाथि घुमाउरो पाराले कारवाही भइरहेको बताउँदै त्यसको विरोध गरेका छन् ।

मधेशी मोर्चाका नेताहरुले जानकी मन्दिरका महन्थ रामतपेश्वर दास पनि मधेशीहरुलाई फसाउनमा सक्रिय भूमिका खेलिरहेको बताउँदै आएका छन् ।

Security personnel guard the Janaki Temple as President Bidya Devi Bhandari visits the holy site amid protests by Tarai-based parties, in Janakpurdham of Dhanusha district, on Wednesday, December 16, 2015. Photo: Brij Kumar Yadav
Security personnel guard the Janaki Temple as President Bidya Devi Bhandari visits the holy site amid protests by Tarai-based parties, in Janakpurdham of Dhanusha district, on Wednesday, December 16, 2015. Photo: Brij Kumar Yadav

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.