
हुलाकी न्यूज, बीरगञ्ज ३ माघ । मधेश आन्दोलन २०६३ मा घाइते भएका एक दलितका बच्चाहरुलाई विद्यालयले निस्कासन गरेको थियो । कारण थियो उनका पिता अर्थात आन्दोलनमा गोली लागेका व्यक्तीले आफ्नो बच्चालाई पढाउने फिस विद्यालयलाई बुझाउन नसक्नु ।
६३ को आन्दोलनमा पर्सा जिल्ला पर्सौनी बिर्ताका नगीना पासवान टाउकोमा गोली लागि घाइते भएको थियो । धेरै दिनसम्म उनी उपचार गराए ।
आर्थिक अवस्था कमजोर भएको कारण उनले आफ्ना बच्चाहश्र अध्ययन गरिरहेको विद्यालयको फिस तिर्न सकेनन् । जसकारण उनका बच्चालाई विद्यालयबाट निकालिएको थियो । अहिले पनि पासवानको अवस्था कष्टकर रहेको छ ।
तर मधेश आन्दोलनमा घाइते सहिद परिवारको ब्यबस्थापनमा अग्रसर रहेका प्रकास चौधरीले उक्त अवस्था बारे सञ्चार माध्यममार्फत सार्वजनिक गरेका थिए ।
त्यसपछि समाजसेवी तथा ब्यपारि भूलन साह सर्राफले उक्त बच्चालाई पढाउने जिम्मेबारी लिएका छन् ।
जस अनुरूप आइतबार पर्सौनी बिर्तामा रहेको माउन्ट हर्मन स्कुलमा पुनः तीनै जना बच्चाको भरना गरिएको छ ।
आइतबार स्कुलमा एक समारोहकाबीच तीनै जना बच्चालाई स्कुलमा प्रिंसिपल संतोष साह तथा सम्पूर्ण बिधार्थी शिक्षकले स्वागत गरे ।



