
हुलाकी न्यूज, काठमाडौं ३ माघ । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर आइतबार दिल्ली जाँदैछन् । दिउँसो ४ बजेको उडानबाट दिल्ली जान लागेको हो ।
तमलोपाका पार्टी कार्यालय सचिव प्रदिप पाठकले हुलाकी न्यूजसँग कुराकानी गर्दै अध्यक्ष ठाकुर स्वास्थ्य जाँचका लागि दिल्ली जान लागेको बताए । पाठकले भने,‘अध्यक्ष ज्यू, स्वास्थ्य चेकजाँचका लागि जाँदै हुनु हुन्छ । राजनीतिक भेटघाटका विषयमा हामीलाई जानकारी छैन ।’
यता समाचार श्रोतका अनुसार अध्यक्ष ठाकुर खुट्टाको उपचारका क्रममा दिल्ली जाँदैछन् र त्यहाँ समान्य राजनीतिक भेटघाट पनि हुनेछ ।



