Lathi-julush-madheshi-sarlahi

हुलाकी न्यूज, काठमाडौं ३ माघ । मधेश आन्दोलनमा भोजपरी भाषी क्षेत्रमा अधिकांश समय बज्ने गीत हो,‘लाठी–फठाले के होख तैयार नेपाल अभी बन्दे बा’ । शनिबार पनि मधेशका जिल्लाहरुको सदरमुकाममा यो गीत बज्दै थियो ।

बीरगञ्जमा लाठी जुलुस निस्किदा चौक चौकमा यो गीत सुनिदै थियो । हुन त् बीरगञ्जका आन्दोलनकारीहरुले अधिकांश समय यही गीत बनाउने गरेका छन् ।

त्यस्तै सर्लाहीको मलंगवामा पनि मधेशीहरुले विशाल लाठी जुलुस प्रदर्शन गरे । तर त्यहाँको दृश्य फरक थियो । त्यहाँ सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको जय जय कार गरिदै थियो । झन् नेपाली मिडियाहरुमा त्यो समाचारलाई प्राथमिकता दिइयो ता की मधेशी मोर्चाभित्र सर्लाहीमा विवाद होस् ।

त्यसपछि बाराको कलैया, रौतहटको गौर, जनकपुरधाम र राजविराजसहितका क्षेत्रमा विशाल लाठी जुलुस प्रदर्शन गरिएको छ । हुलाकीकर्मी तथा सहयोगी र समाजिक सञ्जालबाट संकलन गरिएको तस्बिरहरु ।

Lathi-julish-sarlahi Lathi-julush-1 Lathi-julush-kalaiya

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.