rajendra mahato1

हुलाकी न्यूज, नयाँदिल्ली २ माघ । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भारतीय राष्ट्रपतिसँग भेटघाट गरी आइतबार नेपाल फर्किने भएका छन् ।

विराटनगरमा नेपाली सुरक्षाकर्मीको आक्रमणमा परी घाइते भएका महतो उपचारको क्रममा दिल्ली पुगेका थिए । दिल्लीमा विभिन्न राजनीतिक दलका नेता तथा उच्च अधिकारीहरुसँगको भेटघाट पश्चात शनिबार साँझ सात बजे भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेटघाट गर्ने छन् ।

सदभावना पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोले हुलाकी न्यूजसँग कुराकानी गर्दै शनिबार साँझ भारतीय राष्ट्रपतिसँग भेटघाट गरेर आइतबार पार्टी अध्यक्ष नेपाल फर्किने कार्यक्रम रहेको बताए ।

उनका अनुसार नेपाल एयर लाईन्सबाट आइतबार दिउँसो साँढे १२ बजे अध्यक्ष महतो काठमाडौं आउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.