suresh-mandal
हुलाकी न्यूज, काठमाडौं, २३ भदौ । सप्तरीबाट नेपाली सेनाले स्कटिङ्ग गरेर काठमाडौं ल्याउँदै गरेको गाडी रोक्न सिरहाको मिर्चैयामा मधेशी युवाहरु बसेका छन् ।

सिरहाको मिर्चैयामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाआबद्ध दलका नेता कार्यकर्ताहरु सेनाको गाडी कुरेर बसेको तराई मधेश विद्यार्थी फ्रन्टका अध्यक्ष सुरेश मण्डलले बताए ।

उनले सेना भर्सेज मधेशी युवा हुने बताउँदै हजारौंको संख्यामा मधेशी युवाहरु सेनालाई कुरेर बसेको जानकारी दिए ।

हुलाकी न्यूजसँग कुरा गर्दै मण्डलले आफूहरु सेनालाई जसरी पनि रोक्ने र गाडी जान नदिने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.