anil-jha-with-lalu-prasad

हुलाकी न्यूज, काठमाडौं २ माघ । भारतको विहार राज्यका विभिन्न पार्टीका नेता तथा सत्ता नेतृत्वसँग भेटघाट गरेर फर्केका नेपाल सदभावना पार्टीका अध्यक्ष अनिलकुमार झा भन्छन्,‘मधेश आन्दोलनलाई समर्थन गर्न विहार पूर्णरुपले तयारी अवस्थामा छ ।’

हुलाकी न्यूजसँगको कुराकानीमा झाले विहारका अधिकांश शिर्ष नेताहरुसँग छलफल भएको र तिनीहरु मधेश आन्दोलन बारे अवगत रहेको बताए । झाले विहारका ठूला पार्टीहरु नै मधेश आन्दोलनको समर्थनमा कार्यक्रमहरु गरिरहेको जनाए ।

लालुप्रसाद यादवदेखि केन्द्रीय स्तरका नेताहरुले मधेशी जनतालाई समर्थन गर्न आतुर रहेको र भोलिका दिनमा पनि गरिरहने बाचा गरेको झाले सुनाए ।

यता पार्टी महासचिव राजिव झाले हुलाकी न्यूजसँग भने,‘हाम्रो यात्रा निकै फलदायी भयो । हामीले विहारमा एउटा तरंग ल्यायौं । विहारलाई नै मधेशमय बनायौं । अव मधेश आन्दोलनलाई सफल हुनबाट कसैले रोक्न सक्दैन ।’

Nepal-sadbhawana-pary-bihar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.