Jaleshwar-rangsala

रंजन भण्डारी, जलेश्वर १ माघ । मधेशका अधिकांश जिल्ला खुल्ला सिमाका कारण भारतबाट विभिन्न नशालु पदार्थ सेवन गर्न युवाहरु सिमापारी जाने गरेको र नेपालमै समेत यस्ता पदार्थहरु समातिने गरिएको घटना दैनिक सुनिने गरिएको छ । यसका साथै मधेशमा युवालाई वर्वाद गर्ने अर्को एउटा कुलत हो जुवा । दैनिक महोत्तरीका विभिन्न सहरी तथा ग्रामिण भेगमा जुवामा दैनिक लाखौ गुमाउने र कमाउने गरेका छन् युवाहरुले ।

समय अपरान्ह ४ बजे जलेश्वरस्थित एकमात्र खेल मैदान जलेश्वर रंगशाला दृष्य :

विभिन्न समुहमा केहि युवाहरु क्रिकेट लगायतका खेल खेल्दै थिए । बच्चाहरु आफ्नो खेलमा मस्त थिए । रंगशालाकै एउटा कुनामा तीन समुहमा युवाहरु वसेका थिए । किन वसेका होलान भनी एकछिन हेरौ न भनी उतातिर लागियो । हेरेर छक्क परे तिनै समूहमा जुवा चल्दै थियो । त्यो पनि त्यसै हैन हजारौ रुपयाँको खेल हुदै थियो त्यहाँ ।

जलेश्वर रंगशालाकोे निर्माण युवाहरुको खेलकुद विकासको लागि गरिएको थियो तर सवैले यसको प्रयोग आ आफ्नो तरिकाले गर्दै आएका छन । कोही गाई गोरु चरनको रुपमा प्रयोग गर्छन त कोही मुत्र त्यागन । नशालु पदार्थ सेवन र जुवा खेल्न पनि पछि पर्दैनन दुव्र्यसनी र जुवाडेहरु ।

यहा दैनिक दुईदेखि तीन समूहमा वस्ने जुवाडेहरुले हजारौ रुपया जुवामा दाउ लगाउछन कोहि यहाबाट हासेर फर्कन्छ भने कोहि टाउको निहुराएर । यो प्रतिनिधि ठाउ मात्र हो सदरमुकाम स्थित परिक्रमा गाछी, साहुजीपटटी, महोत्तरी क्लब क्षेत्र, क्याम्पस क्षेत्रलगायत महोत्तरीका अधिकांश ग्रामिण क्षेत्रका दर्जनौ स्थानमा दैनिक लाखौ रुपयाको जुवा खेलिन्छ ।

यसबारे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक विनोद सिलवालसंग जानकारी लिन खोज्दा उनी भन्छन हामी कहा अहिले सम्म जुवावारे कुनै जानकारी आएको छैन तर त्यसतो कुनै जानकारी आए हामी कार्यवाही गर्छौ ।

विगतमा भने आफुहरुले केहि जुवाडे महोत्तरीको विभिन्न क्षेत्रवाट समातेको समेत उनी बताउछन । उनी थप्छन बजार क्षेत्रमा स्थानिय वुढापाखा यदाकदा खेल्दा फेला पर्छन र त्यसतालाई हामी सम्झाई बुझाई गर्छौ । शहरी क्षेत्रमा मनोरंजनको लागि समेत खेल्ने गरिएकोले जुवा नै खेलेको हो भन्ने ठम्याउन गार्हो हुने गरेको छ ।

जुवा खेल्नेहरुमा वढी वैदेशिक रोजगारवाट आएकाहरु,नेपालमै रोजगार नभएकाहरु तथा लागु औषधको कुलतमा फसेका युवाहरु रहने गरेका छन । नेपालमै रोजगारको व्यवस्था गर्न सके युवाहरु जुवाको कुुलतवाट मुक्त भई रोजगारमा लाग्ने विश्वास समेत जलेश्वर ५ का युवा विजय साह बताउछन ।

सरोकारबाला निकायले समयमै यसलाई नियन्त्रण गर्न नसके देशका कर्णधार भनिने युवाको ठुलो समुह देशको विकास निर्माणका काममा नभई अपराधतिर लम्किने खतरा समेत रहेको छ ।

1 COMMENT

  1. सघँ सगँठनले तत्कालै ठोस कदम चाल्नु पर्छ। लगभग मधेश भरी यसता कुकर्म भइरहेको देख्छु।
    यसता सामाचार सम्परेसन गर्नु भएकोमा धन्यवाद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.