Oli-Koirala-Dahal-KP-sushil-Prachanda

हुलाकी न्यूज, काठमाडौं ३० पुस । विहीबार १ बजे हुने भनिएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित तीन दलीय कार्यादलको बैठक स्थगित भयो ।

एमाले नेता एवं रक्षा मन्त्री भीम रावलको मन्त्रालयबाट मोर्चाका नेताहरुलाई फोनमा भनियो,‘आज तीन दलको छलफल हुँदैछ, तपाईहरुसँगको छलफल भोलि हुनेछ ।’

मधेशी मोर्चाका तर्फबाट कार्यादल सदस्य रामनरेश रायले हुलाकी न्यूजलाई भने,‘तीन दलका शिर्ष नेताहरुले छलफल गर्ने भनेपछि आजको कार्यक्रम स्थगित भएको हो । अस्तिको छलफल पनि रक्षामन्त्री रावलको व्यस्तताका कारण भएन । आज तीन दलका नेताहरुले सकारात्मक निर्णय गरोस् भन्ने चाहेको छु । होइन भने तीन दलका क्रियाकलाप सार्वजनिक गर्नेछु ।’

यता सदभावना पार्टीका महासचिव मनिष सुमनले हुलाकी न्यूजलाई भने,‘आजको वार्ता स्थगित भएपनि तीन दलको छलफलबाट केही निष्कर्ष निश्किनेमा आशाबादी छु । तीन दलको बुद्धि पलाओस् भन्ने कामना गरेको छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.