Bhuwaneshwar-sah-ghaite-rajbiraj

श्यामसुन्दर यादव, राजविराज ३० पुस । प्रहरीको गोली लागेर गम्भीर घाइते भएका सप्तरीको राजविराज नगरपालिका–७ का ३२ वर्षिय भुवनेश्वर साह ‘बेलचन’लाई आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ ।

गत मंसिर ५ गते जिल्लाको रुपनी बजारमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्वारा आयोजित राजमार्ग केन्द्रित आन्दोलनका क्रममा उनलाई पेटमा गोली लागेको थियो । पेटमा गोली लागेर तत्कालै भूइँमा ढलेपछि उनलाई पछिबाट बचाउन आएका जमुनी–मधेपुरा–९ का नागेश्वर यादवमाथि समेत प्रहरीले गोली प्रहार गरेको उनले बताए ।

आफूलाई गोली लागेपछि केही मिनेट होसमै रहेको बताउँदै बेलचनले भने ‘पेटमा गोली लागेर भूइँमा ढलेपछि प्रहरीहरु दौडेर गाली गर्दै कोही बन्दुकको कुन्दा र कोही बुटले प्रहार गरिरहे, मलाई गोली लागेको छभन्दा पनि कसैले बिन्ति सुनेन । केही मिनेटपछि आफू पूर्णरुपमा बेहोस भएपछि उनीहरुले मरेको ठानेर गएको स्मरण गर्दै वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा केही दिनपछि मात्र आफू अलि होसमा आएको उनले जानकारी दिए ।

मोर्चाले आयोजना गर्ने हरेक कार्यक्रमहरुमा आफूले सक्रिय सहभागिता जनाउँदै आएको जानकारी दिँदै उनले भने ‘त्यो दिन म र जितु राती ११ बजेको समयमा रुपनी पुग्दा अश्रँृग्यास र लाठीचार्ज शुरु भइसकेको थियो, प्रहरीले लखेट्न थालेपछि हटिया हुँदै पुनः राजमार्गतर्फ भाग्ने क्रममा प्रहरीले ममाथि गोली प्रहार ग¥र्यो, टाउँकोमा लगाएको हेल्मेट पनि कुट्दा–फोडिदिएको र हेल्मेटकै सिसाले निधारसमेत काटियो ।’ धरानमा उपचारमा औषधी र बेडचार्ज निःशुल्क पाएको एक साता अघिमात्र आफू डिस्चार्ज भई राजविराजस्थित घरमा आराम गरिरहेको बेलचनले बताए ।

राजविराजबाट प्रत्येक साता धरान जानुपर्ने बाध्यता रहेकोले एम्बुलेन्स खर्च जुटाउनसमेत समस्या भएको उनले बताए । ‘दुई महिनादेखि पसल समेत बन्द छ, १० लाख रुपैयाँ ऋण काढेर टेण्टमा लगानी गरेको थिएँ, त्यो ऋणको व्याजसम्म तिर्न पाएको छैन । गोली लागेका बेला शरिरबाट अत्यधिक रगत बगेका कारण फलफूल, जुस ईत्यादी पौष्टिक आहार खानुपर्ने भएकोले खर्च जुटाउन समस्या भएको उनले सञ्चारकर्मीहरुसमक्ष दुःखेसो पोखे । बालबच्चाको पढाई खर्च, घर खर्च र औषधि उपचारमा समेत समस्या परेको बताउँदै उनले भने ‘घर परिवारको सहारा बन्नुपर्ने अवस्थामा आफैं अरुको सहारामा बाँच्नुपर्ने अवस्था रहेकोले मेरो पीडा बुझेर आर्थिक सहयोग जुटाई दिन आन्दोलनरत पक्षसँग आग्रह छ ।’

आफू धरानमा उपचार गराई रहँदा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल गोली लागी घाइते भएका सुनसरीका तस्करहरु भेट्न गएको तर आफूहरु छेउँमै रहँदासमेत नभेटेको बेलचनको गुनासो छ ।

आफूलाई भेट्न मधेशवादी दलका केहीमात्र नेताहरु भेट्न आएको बताउँदै उनले भने ‘बाँच्छु भने आश मलाई थिएन तर चिकित्सकहरुको अथक प्रयास र शुभेच्छुहरुको सहयोगमा पुनर्जिवन पाएको छु, म सबैप्रति आभारी छु ।’

अधिकारप्राप्तिका लागि जारी आन्दोलनका क्रममा धरानमा सघन उपचारमा रहेका सहयोद्धा मधवापुरका रघु साफीको अवस्था गम्भीर रहेको उनले जानकारी दिए । उनलाई टाउकामा गोली लागेर आँखाबाट निस्केकोले अझैं उनी होसमा नआएको बताउँदै उनले भने ‘घाइतेहरुको उपचारमा विशेष ध्यान पुर्याउनसमेत आग्रह छ । सम्पूर्ण माग पुरा नभएसम्म आन्दोलन जारी राख्न आन्दोलनकारीहरुसँग आग्रह गर्दै उनले भने ‘बाँचेर मधेशी जनता अधिकारसम्पन्न भएको समृद्ध मधेश हेर्न चाहन्छु ।’

उनलाई पेटमा गोली लागेका कारण पिसाब र दिसा गर्ने नली समेत काटिएको थियो । चिकित्सकहरुले अप्रेशन गरेर सानो आन्द्रालाई काटेर झिकिएको छ भने दिसा अझैं पनि प्लाष्टिकको थैलामा गर्नुपरेको छ । मलद्वार नली थैलामै जोडिएको छ ।

उनले आफै उठबस गर्ने अवस्था नरहेको बेलनका दाजु प्रमेश्वर मण्डलले जानकारी दिए । उनका अनुसार बेलचनको ढाडमा समेत समस्या रहेको तथा दाहिने खुट्टासमेत नचल्ने अवस्था छ । भाइलाई बचाउन व्यवसाय समेत बन्द राखेर करिब दुई महिनादेखि स–परिवार स्याहार–सुसारमा लागेको उनले भने ‘भाइको उपचारमा आ–आफ्नो स्थानबाट सहयोग गरिदिन आग्रह छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.