Laxman-Lal-Karna-on-chair

हुलाकी न्यूज, काठमाडौं २९ पुस । सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले प्रधानमन्त्री भईसकेको बताएका छन् ।

काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता कर्णले प्रधानमन्त्री ओली काम नलाग्ने भईसकेकोले अव जनताले केही दिनभित्रै फाल्ने बताए ।

कर्णले भने,‘प्रधानमन्त्री ओलीलाई सबैले काम नलाग्ने भनिसके, उहाँलाई फाल्न जनता तयार छन् ।’

कर्णले संविधान जलाई सकेको मोर्चाको माग संविधानसभा फेरि ब्यूताउनु पर्ने, संविधान फेरि लेख हुनु पर्नेमा संविधान संसोधनको कुरा उठाईरहेकोले यो भन्दा लचकता के हुने भनि प्र्रश्न गर्दै आफूहरुले नयाँ विषय नउठाई पहिला भएका सहमति र अन्तरिम संविधान अनुसार मात्रै हुनु पर्ने भनेको बताए ।

बार्तामा पछिल्लो समयमा ११ बुँदेमा छलफल सुरु हुँदा सकारात्मक भएपनि अहिलेसम्म निष्कर्समा नपुगिसकेको भन्दै समानुपातिक समावेशिता, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारणको प्रस्तावमा आफूहरुको सहमति नरहेको स्पष्ट पारे ।

उनले आफूहरुको माग पुरा नभए आन्दोलन नरोकिने पष्ट पार्दै नेताहरुले बाहिर भनेको कुराको पछि धेरै लाग्न नहुने तर्क गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.